बाढीले पुल बगाउँदा बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ- बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाले यस सडकअन्तर्गत चामे गाउँपालिका-१ स्थित तिमाङ खोलाको काठेपुल बगाएपछि सडक अवरुद्ध भएको डुम्रे-बेँसीसहर-चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी किरण पोखरेलले बताए ।
सूचना अधिकारी पोखरेलका अनुसार पुल बगाएको स्थानमा नयाँ काठेपुल बुधबारसम्ममा राखिने छ । आयोजना कार्यालयले काठेपुल राख्न उक्त स्थानको निरीक्षण गरिसकेको छ । पानी निरन्तर परिरहेकाले सडकका विभिन्न भागमा पहिरो खस्ने जोखिम छ ।
यसैबीच निरन्तर वर्षा भइरहेकाले नदी तथा खोलानालामा पानीको बहाव बढेकाले तटीय क्षेत्रमा बसोबास गरेका सर्वसाधारणलाई सतर्क रहन लमजुङ र मनाङ जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन् ।

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया