मंगलबार ०६ साउन, २०८२
Tuesday, July 22, 2025

एमालेका मन्त्रीहरूले दिए पदबाट राजीनामा

काठमाडौं - नेकपा एमालेका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् ।

बालुवाटार पुगेर बुधबार साँझ उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।  एमाले र काँग्रेसले सत्ता सहकार्य गर्ने सहमति भएपछि राजीनामा बुझाएका हुन् । 

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका थिए ।