अल्पमतमा प्रचण्ड सरकार

काठमाडौं - नेकपा एमालेबाट मन्त्रीहरूले राजीनामा दिएपछि सरकार अल्पमतमा परेको छ । सत्ताको सबैभन्दा ठूलो दल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो ।
बुधबार साँझ एमालेका मन्त्रीहरूले प्रधानमन्त्री दाहाललाई राजीनामा बुझाएका छन् ।
सोमबार मध्यरातमा संसद्का दुई ठूला दलले नयाँ गठबन्धन बनाउने सहमति गरेका थिए । कांग्रेस- एमालेबीचको सहमति अनुसार अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् ।
उनीहरू संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर गठबन्धन गर्ने निर्णयमा पुगेका हुन् । दुवै दलले प्रधानमन्त्री दाहाललाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । तर दाहालले विश्वासको मतको सामना गर्ने बताउँदै आएका छन् ।
मंगलबार एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आजसम्मको समय दिएको थियो । दिएको समयभित्र प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएर मन्त्रीहरूलाई सरकारबाट बोलाएको हो ।
प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनको पक्षमा १५७ मत परेको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया