अध्ययन भन्छ- युरोपेलीहरू युक्रेनलाई समर्थन गर्छन् तर युद्ध कसरी अन्त्य गर्ने भन्नेमा विभाजित छन्

वार्सा- रुसी सेनालाई रोक्न सङ्घर्ष गरिरहेको र किभमा हतियारको ढुवानी बढाउने पक्षमा रहेको युक्रेनलाई युरोपेलीहरू धेरै हदसम्म समर्थन गर्छन् । यद्यपि बुधबार प्रकाशित एक सर्वेक्षणअनुसार युद्धलाई कसरी समाप्त गर्ने भन्नेमा उनीहरू विभाजित छन् ।
रुसले युक्रेनमा किभको कमजोर सेनाविरुद्ध केही प्रगति हासिल गरिरहेको छ । मस्कोले नियमितरूपमा थप पूर्वी गाउँहरू कब्जा गरेको दाबी गर्दै आएको छ ।
अमेरिकी कांग्रेसका दक्षिणपन्थी सदस्यहरूको विरोध प्रदर्शनका कारण युक्रेनका लागि नयाँ अमेरिकी कोषमा महिनौँको ढिलाइपछि लाभ हासिल भएको छ । यसबीचमा जुनमा युरोपेली संसद्को निर्वाचनमा मतदाताहरू दक्षिणपन्थीतिर परिवर्तन भएको देखिएको छ ।
वैदेशिक सम्बन्धमा युरोपेली परिषद् (इसिएफआर) ले नयाँ सर्वेक्षणमा भनेको छ, “युक्रेनको लड्ने दृढ प्रतिबद्धता र युक्रेनलाई हतियार दिनका लागि युरोपेली समर्थनलाई युद्धको मैदानमा रुसी प्रगतिले असर गरेको छैन ।”
उक्त प्रतिवेदन युक्रेनसहित १५ युरोपेली मुलुकमा गरिएको जनमत सर्वेक्षणमा आधारित थियो । सर्वेक्षण करिब २० हजार उत्तरदाताहरूको प्रतिक्रियामा भर परेको थियो ।
परिषद्ले भनेको छ, “अधिकांश मुलुकहरूमा बहुसङ्ख्यक (वा कम्तिमा पनि महत्त्वपूर्ण बहुलता) नागरिकहरूले युक्रेनलाई हतियार र गोलाबारुदको आपूर्ति बढाउने विचारको समर्थन गरेका छन् ।”
रुसविरुद्ध युक्रेनको लडाइँका लागि समर्थन युरोपभर प्राय स्थिर रहेको छ । अधिकांश उत्तरदाताहरू किभको जीतको सम्भावनाका बारेमा धेरै उदास थिए ।
“संक्षेपमा युक्रेनीहरू विजय हासिल गर्न हतियार चाहन्छन् तर अधिकांश युरोपेलीहरू यसको स्वीकार्य अन्तिम समाधानमा सहयोग प्राप्त हुने आशामा हतियार पठाउँछन्”, प्रतिवेदनले भनेको छ ।
किभले लामो समयदेखि युद्ध समाप्त गर्ने शर्तका रूपमा रुसले कब्जा गरेका सबै क्षेत्र पुनः हासिल गर्ने कुरामा जोड दिँदै आएको छ । प्रतिवेदनअनुसार युक्रेनीहरूको ठूलो बहुमतले नाटो सदस्यताको बदलामा रुसलाई आफ्नो क्षेत्र सुम्पिने विचारको विरोध गर्दछ ।
“अधिकांश मुलुकहरू (इस्टोनियाबाहेक) मा द्वन्द्व एउटा सम्झौता समाधानका साथ समाप्त हुनेछ भन्ने प्रचलित दृष्टिकोण छ”, इसिएफआरले भनेको छ ।
किभको सबैभन्दा बलियो समर्थकमध्येका इस्टोनिया, पोल्यान्ड र स्विडेनका अधिकांश जनताले युक्रेनलाई उसको कब्जा गरिएको क्षेत्रलाई पुनः हासिल गर्नका लागि लड्न सहयोग गर्न चाहेको अध्ययनले बताएको छ ।
यद्यपि बुल्गेरिया, ग्रिस र इटाली जस्ता मुलकका अधिकांश जनताले हतियारको आपूर्ति बढाए पनि युक्रेन युद्धको मैदानमा जीत हासिल गर्न सक्छ भन्नेमा सन्देह प्रकट गरेका छन् ।
यी सबै स्थानका बीचमा चेक गणतन्त्र, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, स्पेन र स्विट्जरल्यान्डलगायतका देशले अहिले पनि युद्ध र त्यसमा युरोपेली सङ्घको भूमिकामा राष्ट्रिय सहमतिलाई बलियो बनाउन सङ्घर्ष गरिरहेका छन् । (एएफपी)

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रतिक्रिया