वर्षाले विद्यालय हाताभित्रै 'पोखरी' बनेपछि पठनपाठन अवरुद्ध

रौतहट- रौतहटस्थित एउटा सामुदायिक विद्यालयको चौतर्फी पानी जमेपछि पठनपाठन अवरुद्ध भएको छ ।
जिल्लाको पूर्वीभेग दुर्गा भगवती गाउँपालिकास्थित एक सामुदायिक विद्यालयको कक्षाकोठाभित्र वर्षातको पानी जमेपछि पठनपाठन अवरुद्ध भएको हो । कक्षाकोठासँगै वर्षाको पानी विद्यालयको प्राङ्गणमा समेत जमेपछि अध्ययनरत बालबालिकालाई कठिनाई भएको छ ।
दुर्गा भगवती- १ स्थित जनता प्राथमिक विद्यालयको कक्षाकोठा र प्राङ्गणमा समेत पानी जमेर विद्यार्थीहरू समस्यामा परेका हुन् । विद्यालय प्राङ्गणमा डेढ/दुई फिटसम्म पानी जमेपछि विस्तारै कक्षा कोठामा समेत छिरेपछि पठनपाठन प्रभाावित भएको प्रधानाध्यापक मुकेश चौधरीले बताए ।
विद्यालय तथा विद्यालय प्राङ्गणभन्दा चौतर्फी जमिन अग्लो रहेकाले सामान्य वर्षा हुँदा पनि विद्यालयमा पानी जम्दै आएको प्रधानाध्यापक चौधरीको भनाई छ । कक्षा १ देखि ५ सम्म रहेको उक्त विद्यालयमा करिब ३५० जना विद्यार्थी रहेका छन् ।
वर्षातको मौसममा विद्यालयको चौतर्फी पानी जमेर विषालु सर्पको जेखिम भएको कारण केही दिनका लागि बिदा दिएर विद्यालय बन्द गरेको प्रधानाध्यापक चौधरीले जानकारी दिए । वर्षौंदेखिको विद्यालयको समस्या समाधान गर्न दुर्गा भगवती गाउँपालिकासँगै शिक्षा शाखालाई जानकारी गराउँदा पनि समस्या ज्यूँकात्यूँ रहेको प्रधानाध्यापक चौधरीले गुनासो गरे ।
स्थानीय निकायले शिक्षा जस्तो संवेदनशील विषयमा गम्भीर नहुँदा सयौं बालबालिकाको भविष्य अन्यौलमा परेको अभिभावकहरूले गुनासो गरे गर्न थालेका छन् ।

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
यी हुन् केयुका तीन ‘व्यवस्थापन कार्यक्रम’

डेनमार्कमा प्याब्सनको नेतृत्व विकास सेमिनार सुरू, ५४ जना सहभागी

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

प्रतिक्रिया