मेस्सी र स्वरेज बिना इन्टर मियामी विजयी

काठमाडौँ । इन्टर मियामीले अमेरिकन मेजर लिग सकर अन्तर्गत चार्लोटविरुद्ध जित हासिल गरेको छ ।
बिहीबार बिहान भएको खेलमा इन्टर मियामीले चार्लोटलाई २-१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा रोबेर्ट टेलर र बेन्जामिन क्रेमासचीले एक एक गोल गरेका थिए । त्यस्तै चार्लोटका लागि पाट्रीक आग्येमांगले एक गोल गरेका थिए ।
यस खेलमा चार्लोटका लागो गोल गरेका पाट्रीकले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा रातो कार्ड पाएका थिए ।
आफ्ना प्रमुख खेलाडी लियोनेल मेस्सी र लुइस स्वरेज कोपा अमेरिका खेल्न टिम बाहिर रहेका बेला इन्टर मियामीले लगातार जित हासिल गरिरहेको छ ।
यो जितपछि इन्टर मियामीले मेजर लिग सकरको इस्टर्न कन्फेरेन्समा २२ खेलमा ४७ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ । त्यस्तै चार्लोटको भने २२ खेलमा ३२ अंक रहेको छ र लिगमा छैठौं स्थानमा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया