विश्वकप विजेता भारतीय टिम स्वदेश फर्कियो, मुम्बईमा भिक्ट्री परेड हुने

काठमाडौँ - टी-२० विश्वकप विजेता भारतीय टिम स्वदेश फर्किएको छ । जुन २९ मा विश्वकप जितेको भारतीय टिम बिहीबार बिहान नयाँ दिल्ली पुगेको हो ।
वेस्ट इन्डिजमा जुन २९ मा सम्पन्न टी-२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो । विश्वकप जितेपछि बारबाडोसमा आँधी आएपछि भारतीय टिम स्वदेश फर्किन ढिलाई भएको थियो । आँधीका कारण बारबाडोसका विमानस्थल पूर्णरुपमा बन्द भएको थियो ।
आज दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय क्रिकेट टिमलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका उपाध्यक्ष राजीव शुक्लाका अनुसार आज प्रधानमन्त्रीको सम्मानपछि भारतीय टिम चार्टड उडानबाट मुम्बई पुग्ने छ । मुम्बईमा आजै क्रिकेट टिमलाई मुम्बईको मरिन ड्राइभदेखि वान्खडे स्टेडियमसम्म भिक्ट्री परेड गराइने भएको छ । सो अवसरमा यस अघि बोर्डले घोषणा गरेको १२५ करोड रकम समेत हस्तान्तरण गरिने शुक्लाले बताएका छन् ।
नियमित उडान रद्द भएपछि भारतीय क्रिकेट बोर्डले विशेष विमान व्यवस्था गरेर खेलाडी, अफिसियल र पत्रकारहरूलाई बारबाडोसबाट सिधै दिल्ली ल्याएको थियो ।
यस अघि भारतीय टिम बारबाडोसदेखि न्युयोर्क-दुबई हुँदै भारत आउने तालिका रहेको थियो ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया