एमालेसँग समीकरण गर्ने सभापति देउवाको एकल निर्णय होइन : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन्। कांग्रेस पर्साले बुधबमर वीरगञ्जमा गरेको कार्यक्रममा बोल्दै कोइरालाले अहिले रहेको मिश्रित निर्वाचन प्रणाली हटाएर प्रत्यक्ष मात्रै राख्नुपर्ने बताए।
‘हामीहरूको प्राथमिकता राजनीतिक स्थायित्व, सुशासन र विकास हो,’ कोइरालाले भने, ‘समानुपातिक र समावेशी कुरालाई बिर्सन हुँदैन। प्रदेशदेखि संघसम्म प्रत्यक्ष निर्वाचनमा जाने र जुन पार्टीले जित्छ उसले सरकार बनाउँछ।’
गठबन्धन फेर्दै नेकपा (माओवादी केन्द्र) ले दुई ठूला पार्टी नेपाली कांग्रेस र एमालेलाई आजित बनाइसकेको पनि उनले बताए।
‘कांग्रेससँग गठबन्धन गरेर ३२ सिट ल्याए, सरकार बनाउने बेला एमालेसँग मिले। एमालेसँगै मिलेर गएको भए भइहाल्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौँ। दुई महिनापछि कांग्रेससँग मिल्यो भने फेरि एमालेसँग मिल्यो। त्यसपछि हामीले सोचेर, विचार गरेर नै कांग्रेस र एमाले समीकरण गर्ने सहमति गरेको हो,’ उनले भने।
एमालेसँग समीकरण गर्ने कुरा कांग्रेस सभापति शेरबहादुर देउवाको एकल निर्णय नभएको पनि उनले बताए। ‘संविधान सुधार नगरी देश चल्न सक्दैन भनेर हामी सबैले कुरा गर्यौं, नागरिक समाजले पनि कुरा गर्न थाल्यो,’ उनले अगाडि थपे ।
एमालेसँग केही समयअघि नै कांग्रेसले समीकरण गर्नुपर्नेमा ढिलो भएको पनि कोइरालाले बताए। ‘कोशीमा एमालेसँग समीकरण पनि गरिएको थियो। त्यस बेला मलाई पार्टीमा नेताहरूले गाली पनि गरे,’ उनले भने, ‘ त्यही बेला केन्द्रमा पनि गठबन्धन गरेको भए अहिलेको अवस्था त आउँदैनथ्यो।’
संविधानमा त्रुटि भए पनि यसलाई धेरै चलाउन नहुने उनले बताए। सबैको आफ्ना चाहना हुने र थेग्न नसकिने पनि उनको भनाइ छ ।
‘कांग्रेस र एमाले मिलेर सरकार बनाउने राम्रो पक्ष हो,’ उनले प्रस्ट पारे, ‘संविधान सुधार गरेर अघि जान एमालेसँग समीकरण गरेको हो। प्रदेशदेखि केन्द्रसम्मका सरकार परिवर्तन भइराख्यो, ठूला दल एक ठाउँमा उभिएर राजनीतिक स्थायित्व दिन खोजिएको हो।’

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रतिक्रिया