एकीकृत समाजवादीले सर्वसम्मत नेतृत्व चयन गर्दै

काठमाडौं - नेकपा एकीकृत समाजवादीले सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेको छ ।
असार १६ गतेदेखि काठमाडौँको कमलादी स्थित प्रज्ञा भवनमा जारी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुन लागेको अध्यक्ष माधव कुमार नेपालले जानकारी दिएका छन् । नेपालले पत्रकारहरूलाई छोटो प्रतिक्रिया दिँदै नेतृत्वको चयन सर्वसम्मत हुने बताएका हुन् ।
अध्यक्षमा नेपाल र महासचिव घनश्याम भुसालको दाबेदारी रहेकोमा भुसालले नेपाललाई छोड्न तयार भएको बताइएको छ । अध्यक्षमा दाबी गरेका भुसाललाई वरिष्ठ उपाध्यक्ष वा महासचिव मध्ये एक पद रोज्न भनिएको छ ।
अध्यक्षमा सर्वसम्मत हुने भएसँगै अन्य पदमा समेत निर्वाचन नहुने भएको छ । अहिले नेताहरूले अन्य पदमा पनि सर्वसम्मत चयनको तयारी गरिरहेको र आज साँझसम्म नै सर्वसम्मत नेतृत्व घोषणा हुन सक्ने बताइएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया