दशरथ रंगशालाको स्तरोन्नतिको प्रयास भइरहेको छ : मन्त्री श्रेष्ठ

काठमाडौँ - खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशरथ रंगशालाको स्तरोन्नति गर्ने प्रयास भइरहेको जानकारी गराएका छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा आफ्नो मन्त्रालयको विनियोजन विधेयक २०८१ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले रंगशालाको अवस्थाका कारण अन्तराष्ट्रिय प्रतियोगिता गर्न अस्वीकृत हुनु उचित नभएको भन्दै स्तरोन्नति गर्ने प्रयास भइरहेको जानकारी गराएका थिए ।
उनले धेरै पहिला बनेको रंगशालालाई आधुनिक रंगशालासँग तुलना गर्न उचित नहुने बताए । त्यस्तै मन्त्री श्रेष्ठले बृहत् खेलकुदको तयारीका लागि राष्ट्रियस्तरमा १० वटा खेलका दुई सयभन्दा बढी खेलाडीलाई विशेष प्रशिक्षण सञ्चालन गरिएको जानकारी दिए ।
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्न चार करोड भन्दा बढि बजेटको व्यवस्था गरेको र खेलाडीको बैंक खातामा पुरस्कारको रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले बताए ।
त्यस्तै उनले खेलाडीहरूलाई मासिक भत्ता उपलब्ध गराउन दुई करोड बढिको बजेट छुट्याइएको भन्दै यसलाई क्रमश बढाउँदै लैजानुपर्ने धारणा राखे । मन्त्री श्रेष्ठले खेल क्षेत्रसम्बन्धी विभिन्न नीतिलाई परिमार्जनको तयारी गरिएको जानकारी दिए ।
त्यस्तै मन्त्री श्रेष्ठले आगामी आर्थिक बर्षमा मूलपानी क्रिकेट रङ्गशाला निर्माण, कीर्तिपुरको क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान, खेलाडी फिटनेस हल, खेलकुद तालिम केन्द्र स्थापना कार्यलाई प्राथमिकतामा राखेको जानकारी दिए ।

समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि हो : प्रचण्ड

जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु …
संघीय संसदका दुवै सदनको बैठक बस्दै

जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एकढिक्का भएर लाग्न जरुरीः सभामुख घि…

छुवाछूत प्रथा उन्मूलन गर्न आफैँबाट सुरुवात गर्नुपर्छः अध्यक्ष दाहाल
छुवाछूत उन्मूलन गर्न सामाजिक तथा सांस्कृतिक रुपान्तरणको आवश्यकता छः उपराष्ट्रपत…

जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्छ : राष्ट्रपति पौडेल

प्रतिक्रिया