क्रसर व्यवसायी र सरकारबीच तीन बुँदे सहमति

काठमाडौँ- विभिन्न माग राख्दै आन्दोलनरत क्रसर व्यवसायी र सरकारबीच तीन बुँदे सहमति भएको छ ।
बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भएको वार्ताका क्रममा नवीकरण छुट भएका उद्योग नवीकरणको लागि आवश्यक व्यवस्था गर्ने लगायतका तीन बुँदे सहमति भएको हो । सहमति पत्रमा मन्त्रालयको तर्फबाट सहसचिव डा नारायणप्रसाद रेग्मी र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका तर्फबाट अध्यक्ष सिताराम न्यौपानेले हस्ताक्षर गरेका थिए ।
सहमतिपत्रमा निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक पारित गराउन समन्वयकारी भूमिका निर्वाह गर्ने र पारित भएपछि क्रसर उद्योगको नवीकरण सम्बन्धी विद्यमान समस्या सम्बोधन हुने र निर्माणमुखी सामग्री उत्खनन, व्यवस्थापन, उपयोग र नियमनमा समेत सहजता हुने भएकोले उक्त विधेयक छिटो पारित गर्न गराउन आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै २०७९ माघ ११ गतेको मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको आदेशको उच्च सम्मान गर्दै मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न समन्वयात्मक भूमिका निर्वाह गर्ने सहमति भएको छ । सहमतिसंगै तत्कालका लागि आन्दोलन स्थगन गरिएको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले जानकारी दिए ।
आफूहरूको मागका सम्बन्धमा अध्ययन गर्न १ महिना समय दिने र आफूहरूको माग पूरा हुने अवस्था नआए पुन आन्दोलन गर्ने उनले बताए । वार्तामा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, उद्योग, समितिका सभापति अब्दुल खान लगायत सहभागी थिए ।

चितवनमा लोड्सेडिङ सुरु भएको भन्नेमा सत्यता छैनः शाक्य

करदाता शिक्षाले गर्दा गत आवमा काभ्रेमा ९ प्रतिशत कर सङ्कलनमा वृद्धि

कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

वीरगञ्ज नाकाबाट २ हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात

राजस्व अनुसन्धानद्वारा अवैध कारोबारीविरुद्ध मुद्दा दायर

काँकडभिट्टा नाकाबाट ४७ अर्ब ६० करोड रुपैयाँ बराबारको सामान आयात

प्रतिक्रिया