आयुक्तको घरमा डोजर चलाएपछि महर्जनलाई काट्यो अख्तियारले पत्र

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई उपस्थित हुन पत्र काटेको छ ।
बुधबार अख्तियारले महर्जनलाई असार २६ गते १० बजे उपस्थित हुन पत्र काटेको हो ।
महर्जन विरुद्ध अख्तियारमा उजुरी परेको थियो । उनले धापाखेल २४ मा बाढीपीडितलाई एक लख पचास हजार र दुई लाख पचास हजार एकलौटी रुपमा आर्थिक सहयोग गरेको आरोप छ ।
बुधबार महर्जनले आयोगका आयुक्तको घरमा डोजर चलाएका थिए । गुठीको जग्गा मिचेर संरचना बनाएपछि महानगरले भत्काएको थियो । महानगरपालिका–१० स्थित चाकुपाटमा रहेको आयुक्त डा. सुमित्रा अमात्यको घर परिसरमा डोजर चलाएको थियो ।

सुशासन कायम गर्ने मुख्यमन्त्री शाहको प्रतिबद्धता

कोशी प्रदेशमा ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

मधेस बालिका सम्मेलन–२०८२ सुरु

‘कोशी प्रदेश अब लगानीमैत्री गन्तव्य बन्छ’

काफ्लेगाउँमा क्रिकेट मैदान निर्माण सुरु

जै घाँस लगाउने किसानलाई प्रोत्साहन

किर्ते जालसाजी मुद्दामा नवराजपुरका पूर्व वडा अध्यक्ष प्रहरी नियन्त्रणमा

प्रतिक्रिया