सहमतिपछि खुल्यो ताला

गण्डकी- डुबान प्रकोपको दीर्घकालीन नियन्त्रणको मागसहित पोखरा महानगरपालिका–३२ का स्थानीयले वडा कार्यालयमा लगाएको ताला खोलेका छन् ।
पोखरा महानगरपालिका–३२ को ठूलो पाटन, म्याग्दी टोल, लाहुरे टोल, कालिका नगर, मझुवा र लामेआहालका स्थानीयले बुधबार उक्त क्षेत्रमा प्रत्येक वर्षको वर्षातमा बस्ती डुबानमा परिरहे पनि त्यसको समाधान हुन नसकेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।
स्थानीयवासी र वडा कार्यालयबीच समस्या समाधानका लागि तत्काल हल गर्ने सहमति भएपछि तालाबन्दी खोलिएको तल्लो गगनगौडा बजार व्यवस्थापन समितिका अध्यक्ष एवं प्रगतिशील सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले जानकारी दिए ।
वडा नं ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीले साउनको पहिलो हप्ताबाट काम सुरु गरी १५ दिनभित्रमा काम सम्पन्न हुनेमा विश्वास व्यक्त गरेका छन् ।
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_KAP9IB9ZzQ_10p129ajjpn3vs2pyahanjuhix6lkdy9pi158jpgqx4isx8auzcvyik1maba.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन

मनास्लु पदमार्गमा लडेर गुरुङको मृत्यु

प्रतिक्रिया