बेलायत आमनिर्वाचन : लेबर पार्टीले चार सय बढी जित्ने सर्वेक्षण

काठमाडौँ- बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनको परिणाम आउने क्रम शुरु भएको छ । यस निर्वाचनमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच हुने अनुमान गरिएको भएपनि सर्वेक्षणले लेबर पार्टीले बहुमत ल्याउने देखाएका छन् ।
सर्वेक्षणहरुले ६५० संसदीय सीटमध्ये लेबर पार्टीले ४ सय भन्दा बढी जित्ने अनुमान गरेका छन् ।
त्यस्तै प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टीले केवल १३० सिट जित्ने अनुमान गरेका छन् । यदि सर्वेक्षण सही साबित भयो भने कन्जरभेटिभ प्रधानमन्त्री ऋषि सुनकको १८ महिनाको कार्यकाल समाप्त हुनेछ र बेलायतमा सत्ता सञ्चालनको जिम्मेवारी १४ वर्षमा पहिलो पटक लेबर पार्टीले देशको जिम्मेवारी लिनेछन् । लेबर पार्टीबाट केयर स्टारर प्रधानमन्त्री बन्ने छन् ।
बेलायतमा विगत १४ वर्षदेखि कन्जरभेटिभले शासन गर्दै आएका छन् । यद्यपि, यी वर्षहरू राजनीतिक र आर्थिक परिप्रेक्ष्यमा उथलपुथलले भरिएका छन् र पछिल्लो आठ वर्षमा बेलायतमा पाँच कन्जरभेटिभ प्रधानमन्त्री बनेका छन्।
सन् २०२० मा केयर स्टारर लेबर पार्टीको अध्यक्षमा निर्वाचित भए । तर स्टारमर अध्यक्ष बनेपछि पार्टीले ८५ वर्षमा सबैभन्दा नराम्रो हार बेहोरेको थियो । उनले तत्कालै पार्टीलाई पुनः विजयी बनाउने आफ्नो मिशन घोषणा गरे । लेबर पार्टीलाई बेलायती राजनीतिको केन्द्रमा फर्काउने र मतदातालाई फराकिलो अपील गर्ने स्टारमरको प्रयास सफल भएको देखिन्छ ।

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया