म्यानचेस्टर युनाइटेडले गर्यो प्रशिक्षक ह्यागको थप दुई वर्षको सम्झौता

काठमाडौँ- इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक एरिक टेन ह्यागसँग थप दुई वर्षको सम्झौता गरेको छ ।
क्लबले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षक टेन ह्यागसँग जुन सन् २०२६ सम्म सम्झौता गरेको जानकारी दिएको छ । क्लबले टेन ह्यागलाई बर्खास्त गर्ने र नयाँ प्रशिक्षक भित्र्याउने चर्चा चलिरहेका बेला सम्झौता नवीकरण गरेको हो ।
क्लबसँग सम्झौता नवीकरण गरेपछि टेन ह्यागले आउँदा दिनमा आफूले क्लबलाई थप ट्रफी दिलाउन प्रयास गर्ने बताए । उनले इङ्लिस र युरोपमा उपाधि जित्न धेरै मिहिनेत गर्नुपर्ने बताउँदै मिलेर त्यो लक्ष्य पूरा गर्ने बताएका छन् ।
सन् २०२२ को मे २३ मा नेदरल्याण्ड्सको क्लब आयाक्सबाट म्यानचेस्टर युनाइटेड आएका टेन ह्यागले ११४ खेलमा क्लबलाई ६६ जित र १७ बराबरी तथा ३१ हार बेहोरेका छन् ।
उनको नेतृत्वमा म्यानचेस्टर युनाइटेडले यस सिजनको एफए कप तथा सन् २०२२-२३ मा इपिएल कप जिताएका छन् ।

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

प्रतिक्रिया