इरानमा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनको लागि शुक्रबार बिहानैदेखि मतदान सुरु

तेहरान - इरानमा गत मे महिनामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इब्राहिम रायसीको उत्तराधिकारीका लागि सुधारवादी उम्मेदवार मसूद पेजेस्कियान र संस्थापन पक्षधर सइद जलिलीबीचको प्रतिस्पर्धाका लागि शुक्रबार मतदान सुरू भएको इरानको गृह मन्त्रालयले जनाएको छ ।
इस्लामिक गणतन्त्रका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले स्थानीय समयअनुसार बिहान ८ बजे मतदान सुरु हुँदा मतदान गरेको सरकारी टेलिभिजनले जनाएको छ ।
गृहमन्त्री अहमद वाहिदीले सरकारी टिभीलाई बताए, “हामी १४ औं राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणको मतदान शुक्रबार बिहानैदेखि सुरु भएको छ । निर्बाचनले देशका ५८ हजार ६३८ मतदान केन्द्र र विदेशका सबै मतदान केन्द्रमा दुई उम्मेदवारमध्येबाट भावी राष्ट्रपति चयन गर्नेछ ।”
गाजामा जारी युद्धलाई लिएर क्षेत्रीय तनाव बढेको, इरानको आणविक कार्यक्रमलाई लिएर इरानको पश्चिमा मुलुकसँगको विवाद र प्रतिबन्धग्रस्त अर्थतन्त्रको अवस्थाप्रति जनताको असन्तोषको पृष्ठभूमिमा मतदान हुन लागेको हो ।
इरानको निर्वाचन आयोगका अनुसार गत हप्ताको पहिलो चरणको निर्वाचनमा एक मात्र सुधारवादी उम्मेदवार पेजेस्कियानले सबैभन्दा बढी अर्थात् ४२ प्रतिशत मत प्राप्त गरेका थिए । पूर्व आणविक वार्ताकार जलिलीले करिब ३९ प्रतिशत मतका साथ दोस्रो स्थानमा आएका थिए । इरानको संविधानले व्यवस्था गरे अनुसार कुनै पनि उम्मेदवारको ५० प्रतिशत मत नपुगेको अवस्थामा दुई प्रमुख प्रतिस्पर्धीबीच निर्वाचन गर्ने व्यवस्था छ ।
गत निर्वाचनमा ६ करोड १० लाख इरानी मतदातामध्ये ४० प्रतिशतले मात्र मतदान गरेका थिए । यो सन् १९७९ को इस्लामिक क्रान्तिपछि कुनै पनि राष्ट्रपतीय चुनावमा भएको सबैभन्दा कम मतदान हो ।
इरानका सर्वोच्च नेता खामेनीले पहिलो चरणमा सहभागिता ‘अपेक्षित रूपमा नभएको’ तर यो ‘प्रणालीविरुद्धको कार्य’ नभएको बताएका छन् ।
गत साता भएको मतदानमा कन्जरभेटिभ संसदका सभामुख मोहम्मद बघेर गालिबाफ १३.८ प्रतिशत मतका साथ तेस्रो स्थान प्राप्त गरेका थिए भने मौलवी मुस्तफा पोरमोहम्मदीले एक प्रतिशतभन्दा कम मत प्राप्त गरेका थिए ।
इरानमा सन् २०२५ मा राष्ट्रपति को चुनाव हुने तय भएको थियो तर मे महिनामा हेलिकप्टर दुर्घटनामा अतिरूढीवादी राष्ट्रपति रायसीको निधन भएपछि यो निर्वाचन अघि सारिएको थियो ।
इरानको आर्थिक समस्या, अन्तर्राष्ट्रिय सम्बन्ध, न्यून मतदान र इन्टरनेट प्रतिबन्धका बारेमा दुई पटक बहस भएको थियो ।
सन् २००८ देखि उत्तरपश्चिमी शहर ताब्रिजको प्रतिनिधित्व गर्दै आएका ६९ वर्षीय मुटु रोग विशेषज्ञ पेजेस्कियानले सन् २००८ देखि संसद्मा प्रतिनिधित्व गर्दै आएका छन् ।
उनले इरानको मुख्य सुधारवादी गठबन्धनको समर्थन प्राप्त गरेका छन् । पूर्व सुधारवादी राष्ट्रपतिहरू मोहम्मद खतामी र हसन रौहानीले उनको अभियानलाई समर्थन गरेका छन् ।
अर्का उम्मेदवार ५८ वर्षीया जलिलीले कट्टरपन्थी समर्थकहरूको ठूलो आधार जुटाएका छन् उनलाई गालिबाफ र अन्य दुई अतिरूढीवादी उम्मेदवारहरूको समर्थन रहेको छ । उनीहरू पहिलो चरणको प्रतिस्पर्धामा नै सहभागिताबाट बाहिरिएका थिए । रासस

५ बजेदेखि युद्ध र सैन्य कारबाही रोक्ने सहमति भयो : भारत

पाकिस्तानी विदेशमन्त्री डारले भने- युद्धविराममा सहमति भयो

डोनाल्ड ट्रम्पको दाबी : अमेरिकाको मध्यस्थतामा युद्धविरामका लागि भारत र पाकिस्ता…

पाकिस्तानसँगको द्वन्द्वले भारतका दर्जनौं विमानस्थल अस्थायी रूपमा बन्द
भारतको ‘अप्रेशन सिन्दूर’विरूद्ध पाकिस्तानले सुरु गर्यो ‘बुनयान-उल-मरसूस’

ट्रम्प मध्यपुर्वमा निस्कनुअघि अमेरिकन रक्षा सचिवको इजरायल भ्रमण रद्द

भारतका ७७ ड्रोन खसालेको पाकिस्तानको दावी

प्रतिक्रिया