बस्ती जोगाउन पक्कीनाला निर्माण
बाँके : कोहलपुर नगरपालिकाले बाढी र कटानको उच्च जोखिममा रहेका एकतानगर बस्ती जोगाउनका लागि पक्कीनाला निर्माण गर्ने भएको छ । डुडुवाखोलामा आएको बाढीका कारण खेतीयोग्य जमिन कटान भई बस्ती नै डुवानमा पर्ने जोखिम बढेपछि त्यसको दीर्घकालीन समाधानका लागि तत्काल पक्कीनाला निर्माण गर्ने निर्णय गरिएको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिए ।
उनका अनुसार, एकतानगर बस्ती बाढी र कटानको उच्च जोखिममा रहेकाले त्यसको समाधानका लागि तत्काल रु.५६ लाख बजेट विनियोजन गरिएको छ । बाढी र कटानका कारण त्यहाँका ६० घर विस्थापित हुने अवस्था आएकाले त्यसको समाधानका लागि पक्कीनाला निर्माणको काम सुरु गरिएको छ । डुडुवाखोलाको कटान तथा डुवानबाट वस्ती जोगाउन पक्कीनाला निर्माणका लागि रु.५६ लाखको लागत स्टिमेट तयार गरिएको नगरपालिकाका इञ्जिनीयर बालकृष्ण महतराले जानकारी दिए ।
उनका अनुसार स्टिमेटमा २.५ मिटर चौडाई, १.५ मिटर उचाई, ९० साइजका ६ वटा होमपाइप र रिटेनिङ्गवाल समेत रहेको छ । तत्कालका लागि बस्ती जोगाउन एक सय मिटर पक्कीनाला बनाउने र अर्को आर्थिक वर्षमा पनि एक सय मिटर पक्कीनाला बनाउने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ ।

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

प्रतिक्रिया