शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन सबैको सहयोग आवश्यक : मन्त्री श्रेष्ठ

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको बताएकी छन् ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षकलाई कुनै पनि राजनीतिक दलको जिम्मेवारी र सदस्यमा राख्न नहुने भन्दै यसका लागि राजनीतिक दलको सहयोगको आवश्यकता रहेको बताइन् ।
उनले शिक्षाका ऐन, नियम र निर्देशिकाको पालनाका लागि अनिवार्य दायित्वका रूपमा आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइन् । उनले कमजोर देखिएका विद्यालयको शैक्षिक सुधारमा जोड दिँदै बजेट तर्जुमा गरिएको जिकिर गरिन् ।
मन्त्री श्रेष्ठले भौतिक निर्माणमा काम गर्ने श्रमिकहरू भारतबाट आउने गरेको भन्दै यसमा नेपालीलाई प्राथमिकता दिने हो भने विद्यार्थीलाई काम पनि सिकाउने र श्रम पनि गराउन सकिने धारणा राखिन् । उनले सिटिइभिटीको पुनःसंरचाका लागि प्रक्रिया सुरु भएको बताइन् ।

‘मधेसमा पानीको समस्या जटिल बन्दैछ’

कुलिङ् अफ पिरियड प्रकरणको छानबिन समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्छ…

आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

प्रतिनिधिसभा बैठक छाडेर हिडे रास्वपा र राप्रपाका सांसद

अपडेटः ‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन ७ सदस्य

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

प्रतिक्रिया