माधव नेपालले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा विभिन्न दलहरूसँग छलफल गर्ने

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा विभिन्न दलहरूसँग छलफल गर्ने बताएका छन् ।
शुक्रबार काठमाडौँमा पार्टीको महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजनीति परिस्थितिका सन्दर्भमा नयाँ समीकरणमा सहभागी लगायत सबै दलहरूसँग छलफल गर्ने बताएका हुन् । उनले समाजवादी मोर्चालाई क्रियाशील तुल्याउन छलफल गर्ने जिकिर गरे ।
राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको अवस्थामा यसले संघमा मात्रै नभइ प्रदेशमा पनि प्रभाव पार्ने उनले बताए ।
उनले राजनीतिक घटनाक्रममा आफ्नो पार्टीको भूमिकाका विषयमा पनि छलफल गरिने जिकिर गरे । अध्यक्ष नेपालले महाधिवेशनले पार्टीलाई थप बलियो बनाएको भन्दै अवसर नपाएकै कारण निराश हुनु नपर्ने बताए ।
त्यस्तै पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टीको विकास र विस्तारलाई रोक्न सक्ने कुनै शक्ति नरहेको जिकिर गरे । कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी विचार हावी भएको र एमालेमा पनि नेतृत्वका कारण निराशा छाएको भन्दै आफ्नो पार्टी देशकै मुख्य कम्युनिष्ट पार्टी हुने उन दाबी गरे ।
उनले महाधिवेशन सम्पन्न भएसँगै पार्टीको व्यापक रुपान्तरणमा जुट्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया