राष्ट्रिय महिला क्रिकेट खेलाडी बेगम निलम्बनमा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमकी खेलाडी अप्सरी बेगमलाई निलम्बन गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय टिमको बन्द प्रशिक्षणको क्रममा व्यवस्थापन र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै निलम्बन गरेको जनाएको छ ।
बन्द प्रशिक्षणका क्रममा अप्सरीले आचारसंहिता उल्लंघन गरी टिमका व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
क्यानले भनेको छ, 'एसीसीको कार्यक्रमअनुसार जुलाई १९ देखि २८, २०२४ सम्म श्रीलंकामा सञ्चालन हुने वुमन्स टी-२० एशिया कप क्रिकेट प्रतियोगितालाई मध्यनजर राखी हालः काठमाडौँमा सञ्चालन भइरहेको बन्द प्रशिक्षण शिविर दौरान नेपाली महिला राष्ट्रिय क्रिकेट टीमकी खेलाडी अप्सरी बेगमले राष्ट्रिय महिला टोलीका टीम व्यवस्थापक र टीम प्रशिक्षकमाथि गरेको अभद्र व्यवहार गरी संघको आचारसंहिता उल्लंघन गरेकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको हुँदा निज खेलाडीलाई तत्कालका लागि निलम्बन गर्ने र थप छानबिन गरी आवश्यक निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णय गरियो ।'

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_NKPXYwe63d_1xazlmy8wd3ogagexxvejb2wymegaz1ooowxzncaihkkxxbts1jtdt2t1tfd.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया