ठूलो खोलामा कल्भर्ट भत्कियो, एक जनाको मृत्यु

जुम्ला- यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो कल्भर्ट भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । पातारासी– १ निवासी ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए ।
पातारासी–१ का ४१ वर्षीय कर्ण ऐडी, १८ वर्षीय सुरेश बुढा र १६ वर्षीय धन ऐडी घाइते भएको सूचना अधिकारी चन्दले बताए । घाइते तीनै जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

अज्ञात रोगबाट चरीगाउँका पशुचौपाया मरे

कर्णालीमा ९६ प्रतिशत धान रोपाइँ

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

प्रतिक्रिया