शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

एमाले संसदीय दलको बैठक आइतबार

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदीय दलको बैठक आह्वान गरेको छ ।

बैठक आइतबार बिहान १० बजे संसद् भवनमा बस्ने एमालेका प्रमुख सचेतक महेश वर्तौलाले राससलाई बताए । 

नेपाली कांग्रेस र नेकपा एमालेबीच हालै सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको उनले बताए ।