नवलपुर खण्डमा कालीगण्डकी करिडोर अवरुद्ध

नवलपरासी- कालीगण्डकी करिडोरअन्तर्गत नवलपुर खण्डमा सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण तरङ्ग खोलाको ह्युमपाइप बगाएपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए ।
करिडोर अवरुद्ध भएपछि गैँडाकोटबाट पहाडी क्षेत्रका लागि छुटेका र नवलपुरको पहाडी क्षेत्रसहित रामपुरबाट गैँडाकोटतर्फ आउँदै गरेका सवारी बाटोमा अलपत्र परेका छन् । ह्युमपाइप बगाएपछि खोला वारपार गर्नसक्ने अवस्था नभएको स्थानीय भोज पुलामीले बताए । ह्युमपाइप राख्नसके यातायात सञ्चालन हुनसक्ने उनले बताए ।
ह्युमपाइप बगाएपछि राखिएका सवारीलाई वारपार गराउन र ह्युमपाइप राख्न विषयमा समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । तरङ्ग खोलामा २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण गर्ने गरी रु तीन करोड ७३ लाखमा ठेक्का लागेको थियो । यही असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नुपर्नेमा निर्माण कम्पनीले काम सम्पन्न नगर्दा अहिले यात्रुहरूले सास्ती खेप्नुपरेको छ । कालीगण्डकी करिडोरअन्तर्गत नवलपुर खण्डमा तरङ्ग खोलाको पुलमात्र निर्माण गर्न बाँकी रहेको छ ।
यसैगरी पूर्वपश्चिम राजमार्गको दाउन्नेमा पहिरो खसेको र बाटोमा बिग्रिएको सवारीका कारण एकतर्फी रुपमा सवारी सञ्चालनमा रहेको छ । यसले गर्दा सवारीसाधनको लामो लाइन लागेको छ ।
पूर्वपश्चिम राजमार्गकै डण्डा–चोरमारा–अरुणखोला–दुम्कीबासको विभिन्न खण्डमा बाटो चिप्लो हुँदा यातायात सञ्चालनमा कठिनाइ भएको छ । जिल्लाको पहाडी क्षेत्र जोड्ने दलदले–कुमसोत–पोखरी सडकअन्तर्गत हुप्सेकोट गाउँपालिका–५, पाङ्ग्रेमा पहिरोले सडक अवरुद्ध हुँदा यातायातका साधन सञ्चालन भएका छैनन् ।
जिल्लाको पहाडी क्षेत्र जोड्न दलदले–कुमसोत–पोखरी, गैँडाकोट–बुलिङ्टार–डेढगाउँ जोड्ने कालीगण्डकी करिडोर दुवै बन्द हुँदा पहाडी क्षेत्रको राजमार्गसँग यातायात सम्पर्क विच्छेद भएको छ ।

रोटरी क्लब अफ बानेश्वरद्वारा रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण …

गुल्मीमा आगलागीबाट युवतीको निधन

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_YPJwUBPQG5_ufep4n5cdgmhiahrqyv8k102ioyyc2b4qidkpb2vwyl1kdxqtc9yqh00ygcr.jpg)
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित त्रिभुवन ‘पार्क ’

प्रहरी र रोटरीद्वारा पाँचसय वृक्षारोपण, ५० हजार रोप्ने लक्ष्य

प्रतिक्रिया