बेँसीसहर-चामे सडकको लमजुङ खण्ड पुनःसञ्चालन

लमजुङ- पहिरोले आज बिहानैदेखि अवरुद्ध बेँसीसहर–चामे सडकको लमजुङ खण्ड पुनःसञ्चालन भएको छ । बेँसीसहर नगरपालिका–६ खरखरेभीर र मर्स्याङ्दी गाउँपालिका–४ जगत नजिकै हावाडाँडामा गएको पहिरो हटाएसँगै पुनः सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
पहिरो हटाएर सडक सञ्चालनमा आए पनि फेरि ठूलो वर्षात भएमा कुनै पनि बेला सडक अवरुद्ध हुन सक्ने प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताए ।
बाढीले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग पनि सञ्चालन हुन थालेको छ । अविरल वर्षासँगै आज बिहान मध्यनेपाल नगरपालिका–६ पिस्ती खोलामा आएको बाढीले अवरुद्ध सडक पानीको सतह घटेसँगै सवारी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया