नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा राजेशको ‘जुलुङ्गो’ पुरस्कृत

काठमाडौँ : राजेशप्रसाद खत्रीले निर्देशन गरेको ‘जुलुङ्गो’ (स्केरक्रो)लाई पुरस्कृत गर्दै भर्चुअल रुपमा चार दिनसम्म सञ्चालन भएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सोमबार सकिएको छ ।
फिल्मले महोत्सवमा लघु फिल्मतर्फको उत्कृष्ट जुरी अवार्ड जित्न सफल भएको हो । त्यस्तै लघु फिल्मतर्फ कै प्याट हेवुड र जेमिल मेगिनिसको चलचित्र ‘ग्रामर्सी’ले पनि अवार्ड हात पारेको छ ।
महोत्सवमा त्यस्तै रामदास कदावल्लुरको फिल्म ‘मन्नु : स्प्राउट्स अफ एन्डुरेन्स’ ले स्पेसल जुरी मेन्सन अवार्ड पाएको छ । त्यस्तै सोफिया अलावीको फिल्म ‘सो ह्वाट इफ गोट्स डाइ’ ले पनि स्पेसल जुरी मेन्सन अवार्ड प्राप्त गरेको छ ।
उत्कृष्ट एक्सपेरिमेन्टलको जुरी अवार्ड लोरी फेल्करकको ‘स्पोटेनस’ ले प्राप्त गरेको छ । त्यस्तै उत्कृष्ट फिचर फिल्मको जुरी अवार्ड ‘आइएम सफोकेटिङ, दिस इज माइ लास्ट फिल्म अबाउट यू’ ले हात पारेको छ । लेमोह्याङ जेरिमाया मोसेजद्धारा निर्देशित यही फिल्मले महोत्सवमा ग्रान्ड जुरी अवार्ड प्राप्त जितेको छ ।
नेपाल–अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको महोत्सवमा नेपाललगायत १४ देशका ३० वटा चलचित्र प्रदर्शन भएका थिए । महोत्सव अवधिभर निःशुल्क चलचित्र प्रदर्शन गरिएको थियो । प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्मात–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिएको थियो ।
महोत्सवको निर्णायक मण्डलमा रम्यता लिम्बू, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमान्ते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब थिए । कोरोना महामारीका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलहरुको नेटवर्कमा कोसाफको आयोजना भएको थियो।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया