हेटौँडा-५ का २५ घर डुबानमा

मकवानपुर- आज बिहानदेखि परेको अविरल वर्षाका कारण हेटौँडा उपमहानगरपालिका–५ का विभिन्न स्थानमा करिब २५ घर डुबानमा परेका छन् । डुबानमा परेका नागरिकको प्रहरीले सकुशल उद्धार गरेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
नालामा आएको भेलले निकास नपाएपछि घर डुबानमा परेको हो । विशेषगरी गरी क्षेत्रका घर डुबानमा परेका छन् । अपराह्न पानी रोकिएपछि डुबान घट्दै गएको र जनजीवन सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।
मकवानपुरगढी गाउँपालिका–२ स्थित सन्तबहादुर घलानको गोठ भासिएर गोठभित्र फसेका चारवटा गाईको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । वर्षाका कारण पहिरो गएर अवरुद्ध बनेका सडकमा यातायात सञ्चालनको तयारी भइरहेको छ ।

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया