इङ्ल्याण्ड युरोकपको सेमिफाइनलमा

काठमाडौँ- इङ्ल्याण्ड युरोकपको सेमिफाइनलमा पुगेको छ । जारी युरोकपको क्वाटरफाइनलमा स्वीजरल्याण्डलाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटमा दुवै देशले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा स्वीजरल्याण्डका खेलाडी अकान्जीले पेनाल्टी मिस गरेका थिए ।
यसअघि निधारित ९० मिनेटको खेलमा खेलको ७५औं मिनेटमा स्वीजरल्याण्डका ब्रील एम्बोलोले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ८०औं मिनेटमा इङ्ल्याण्डका लागि बुकायो साकाले बराबरी गोल गरेका थिए ।
यो जितपछि अब इङ्ल्याण्डले सेमिफाइनलमा नेदरल्याण्ड्ससँग खेल्ने छ । त्यस्तै अर्को सेमिफाइनलमा स्पेन र फ्रान्स खेल्दै छन् ।
यो हारसँगै स्वीजरल्याण्ड भने युरोकपबाट बाहिरिएको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया