जब नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री साइकल चढेर बिदा भए

काठमाडौँ - नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री मार्क रुटे यतिबेला चर्चामा छन् । निवर्तमान प्रधानमन्त्री रुटले हेगस्थित आफ्नो कार्यालयबाट अनौठो तरिकाले साइकल चढेर प्रधानमन्त्री कार्यालयबाट बिदा भएको विषय अहिले मिडिया र सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ ।
१४ वर्षको कार्यकालपछि रुटले पूर्व गुप्तचर प्रमुख डिक शूफलाई प्रधानमन्त्रीको कार्यभार सुम्पेर साइकल चढेर बिदा भएका थिए । राजा विलेम-अलेक्जेन्डरको अध्यक्षतामा आयोजित समारोहमा शूफले प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए । रुटेले अब नेटोको नयाँ महासचिवको जिम्मेवारी सम्हाल्नेछन् ।
सामाजिक सञ्जालमा भाइरलको भिडियोमा रुट साइकल चढेर अफिसबाट निस्किँदै गरेको देखिन्छ, जबकि उनका कर्मचारीहरूले उनलाई हल्लाउँदै बिदाई गरेका छन् । रुटे प्रधानमन्त्री कार्यालयबाट साइकलमा घर जाँदै गर्दा त्यहाँ उपस्थित सञ्चारकर्मीले उनको फोटो र भिडियो खिचिरहेका थिए ।
करिब डेढ दशक नेदरल्याण्डको नेतृत्व गरेपछि रुटेले अब आफ्नो अनुभव ब्रसेल्समा लैजानेछन्, जहाँ उनले यस वर्षको अन्त्यमा नाटोको नयाँ महासचिवको पदभार ग्रहण गर्नेछन् । उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) ले गत महिना मार्क रुटलाई यसको अर्को महासचिव नियुक्त गरेको थियो । युक्रेनमा युद्ध बढ्दै गएपछि युरोपेली सुरक्षाका लागि सबैभन्दा महत्वपूर्ण समयमा उनले विश्वको सबैभन्दा ठूलो सैन्य सुरक्षा संगठनको जिम्मेवारी सम्हाल्नेछन् ।
ब्रसेल्समा ३२ सदस्यीय गठबन्धनको मुख्यालयमा भएको बैठकमा नाटोका राजदूतहरूले रुटेको नियुक्तिलाई अन्तिम स्वीकृति दिएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका समकक्षी नेताहरूले जुलाई ९ देखि ११ सम्म वासिङ्टनमा शिखर सम्मेलनमा उनलाई औपचारिक स्वागत गर्नेछन् ।
नेदरल्याण्ड्सका पूर्व प्रधानमन्त्रीले अक्टोबर १ मा नर्वेका वर्तमान महासचिव जेन्स स्टोल्टनबर्गको स्थान लिनेछन् । स्टोल्टनबर्ग एक दशकभन्दा बढी समयसम्म नाटोको महासचिव पदमा थिए । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि उनको कार्यकाल थपिएको थियो ।

चिनिया बिदेश मन्त्रीले भनेः चीन इरानकाे समर्थनमा उभिन्छ

युद्दमा १३८ इरानीको मृत्यु, इजरायलको ३ लडाकु विमान ध्वस्त
इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह
इरानद्वारा इजरायलमा जवाफी आक्रमण
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_CBdY5aGYuT_nu6aezqcnskef2fs9fovt8q1ob3mpsp1fd0tzwqiwccmg8zjwqpq8joiiyqx.jpg)
टेक्सासमा बाढीले १० जनाको मृत्यु

बंगलादेशमा फ्रेबुअरीमा निर्वाचन गराउने युनुसको घोषणा

पाकिस्तानी सेना प्रमुखलाई ट्रम्पको बिशेष सम्मान, बोलाए अमेरिका

प्रतिक्रिया