फ्रान्समा आज आम निर्वाचनको दोस्रो चरणको मतदान हुँदै

काठमाडौँ - फ्रान्समा आज आम निर्वाचनको दोस्रो र अन्तिम चरणको मतदान हुँदैछ । यस चुनावमा अति दक्षिणपन्थी पार्टीले जितको अपेक्षा गरिएको छ ।
पहिलो चरणमा अग्रता हासिल अग्रेको आधारमा मरिन ले पेन र जोर्डन बर्डेलाको चरम दक्षिणपन्थी पार्टी नेसनल र्याली (आरएन) ले सरकार बनाउने र नेशनल एसेम्बलीमा बहुमत ल्याउने अवसर पाएको छ ।
गत आइतबार भएको पहिलो चरणको संसदीय निर्वाचनमा नेशनल एसेम्बलीमा विजयी भएपछि सयौं प्रतिद्वन्द्वी उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका थिए । यसको उद्देश्य अन्य उम्मेदवारहरूलाई अति दक्षिणपन्थी पार्टीका उम्मेदवारहरूलाई पराजित गर्ने राम्रो मौका दिनु थियो ।
पहिलो चरणको अग्रता पछि, अध्यागमन विरोधी पार्टी नेशनल र्यालीका नेता मारिन ले पेनले भनिन्, 'म्याक्रोन समूह लगभग समाप्त भइसकेको छ ।'
नेशनल र्यालीका २८ वर्षीय नेता जोर्डन बर्डेलाले फ्रान्सेली जनताले मलाई भोट दिए भने म उनीहरूको प्रधानमन्त्री बन्न चाहन्छु भनेका थिए ।
फ्रान्सको ५७७ सिट भएको राष्ट्रिय सभामा पूर्ण बहुमतका लागि मारिन ले पेन र जोर्डन बर्डेलालाई २८९ सिट चाहिन्छ ।
युरोपेली संसदको चुनावमा राष्ट्रिय र्यालीको जितपछि राष्ट्रपति इमानुएल म्याक्रोनले अचानक चुनावको घोषणा गरेका थिए ।

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रतिक्रिया