निर्वाचन आयोगले ठाकुर समूहलाई भन्यो : १५ दिनभित्र आधिकारिकताको प्रमाण पेस गर्नू (निर्णयसहित)

काठमाडौँ : निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुर समूहलाई १५ दिनभित्र पार्टीको आधिकारिकतामा प्रमाण तथा दाबी पेस गर्न आदेश दिएको छ । आयोगको आइतबार बसेको बैठकले ठाकुर समूहलाई १५ दिनभित्र जवाफपेस गर्न सूचना दिने निर्णय गरेको हो ।
जसपाको अध्यक्ष उपेन्द्र यादव समूहले ४ असारमा ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ को खण्ड (ग) बमोजिम दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिता सम्बन्धी विवादको निरुपण गरिपाउँ’ भनेर आयोगमा निवेदन दर्ता गराएको थियो ।
निवेदनपछि आइतबार बसेको बैठकले ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४४ को उपदफा (२) बमोजिम निवेदन दावीका सम्बन्धमा लिखित जवाफ पेश गर्नको लागि त्यस्तो दावी तथा प्रमाणको प्रतिलिपि संलग्न गरी जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५(पन्ध्र) दिनको सूचना दिने र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्ने,’ निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
सत्ता समीकरणका विषयमा जसपामा विवाद छ । अध्यक्ष यादव समूह विपक्षी गठबन्धनमा लागेको छ भने अध्यक्ष ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको छ ।
यस्तो छ आयोगको निर्णय :

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

मेरो मुल्य मान्यता र निष्ठा बिचलित भएको छैन्ः भण्डारी

प्रतिक्रिया