दूध बिक्री गरी घर फर्कने क्रममा राप्तीमा बेपत्ता भएका यादवको शव फेला

दाङ- अविरल वर्षाका कारण राप्ती नदीमा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।
दाङ जिल्लाको राजपुर गाउँपालिका–२ बेलाका बस्ने १८ वर्षीय राजकुमार यादवको शव सोही जिल्लाको लमही नगरपालिका–७ हसनपुर घाटमा सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखोला र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको हो । उनी दूध बिक्री गरी घर फर्कने क्रममा असार २२ गते बिहान करिब ९:३० बजे सो नदीले बगाएको बताइएको छ ।
त्यस्तै सोही जिल्लाको लमही नगरपालिका–७ नयाँबस्ती बस्ने ६२ वर्षीय मणि चौधरीको शव सोही गण र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको छ । तरकारी टिप्न गएका उनी असार २२ गते सो नदिले बगाई बेपत्ता भएका थिए ।

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया