राष्ट्रियसभाबाट लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ सर्वसम्मतीले पारित गरेको छ ।
उक्त विधेयकलाई पारित गरियोस् भनी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
सांसद सोनाम ग्याल्जेन शेर्पाले बफर क्षेत्रका स्थानीय जनताले लगानी गर्न चाहेमा कुन ढाँचाबाट लगानी गर्ने भन्ने स्पष्ट गर्नुपर्ने माग गरे । सांसद तुलप्रसाद विश्वकर्माले वन ऐनको विद्यमान व्यवस्थालाई ध्यान दिएर लगानी सहजीकरणसम्बन्धी कानुन ल्याउन आग्रह गरे ।
सांसद भगवती न्यौपानले मध्यवर्ती क्षेत्रमा आयोजना वा उद्योग व्यवसाय सञ्चालन गर्दा सङ्घ, प्रदेश र स्थानीय तहले समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा जोड दिइन् ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले लगानी सम्मेलनका बेला व्यक्त प्रतिबद्धता अनुरुप लगानी प्रवर्द्धन गर्न उक्त कानुनको आवश्यकता रहेकाले अध्यादेशमार्फत कानुन जारी गरिएको जनाउँदै राष्ट्रिय निकुञ्ज ऐन, २०३९ र वनसम्बन्धी कानुनलाई आयोजना सञ्चालनको सहजता हेरेर समयानुकूल संशोधन गर्नुपर्ने भएकाले मूल कानुन संशोधनका समयमा थप छलफल हुने स्पष्ट गरिन् ।
राष्ट्रियसभाको अर्काे बैठक यही असार २७ गते बिहीबार अपराह्न १ः१५ बजे बस्नेछ ।

‘मधेसमा पानीको समस्या जटिल बन्दैछ’

कुलिङ् अफ पिरियड प्रकरणको छानबिन समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्छ…

आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

प्रतिनिधिसभा बैठक छाडेर हिडे रास्वपा र राप्रपाका सांसद

अपडेटः ‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन ७ सदस्य

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

प्रतिक्रिया