इरानका नवनिर्वाचित राष्ट्रपति पेजेस्कियनले आगामी महिना कार्यभार सम्हाल्ने

इरान - इरानका मसूद पेजेस्कियनले इस्लामिक गणतन्त्रको नवौं राष्ट्रपतिको रूपमा अगस्टको सुरुमा संसदसमक्ष शपथ ग्रहण गर्नुहुने इरानी सञ्चारमाध्यमले आइतबार जानकारी गराएको छ ।
'राष्ट्रपतिको शपथ ग्रहण समारोह अगस्ट ४ वा ५ मा हुनेछ,' संसदीय बोर्डका सदस्य मोजताबा योसेफीलाई उद्धृत गर्दै आधिकारिक इर्ना समाचार एजेन्सीले जनाएको छ ।
'राष्ट्रपतिले आफ्ना प्रस्तावित मन्त्रीहरूलाई विश्वासको मतका लागि संसदमा पेस गर्न १५ दिनको समय प्राप्त गर्नुहुनेछ ।'
नवनिर्वाचित राष्ट्रपतिले इस्लामिक गणतन्त्रका सर्वोच्च नेताद्वारा आधिकारिक अनुमोदन प्राप्त गरेपछि शपथ ग्रहण कार्यक्रम हुनेछ ।
इरानका राष्ट्रपति राज्यको प्रमुख होइनन् र राज्यको अन्तिम अधिकार सर्वोच्च नेतासँग रहन्छ । इरानका सर्वोच्च नेताको आयातोल्लाह अली खामेनीले विगत ३५ वर्षदेखि पदभार सम्हाल्दै आएका छन् ।
मे महिनामा हेलिकप्टर दुर्घटनामा इब्राहिम रायसीको मृत्यु भएपछि राष्ट्रपति पदका लागि भएको दुई चरणको चुनावमा शुक्रबार पेजेस्कियनले जित हासिल गरेका हुन् ।
इरानी पत्रपत्रिकाले आइतबार पहिलो पृष्ठमा पेजेस्कियनको फोटोहरू प्रकाशित गरेर नवनिर्वाचित राष्ट्रपतिको नेतृत्वमा ऐक्यबद्धता जनाउन आह्वान गरेका छन् ।

आइपीएलको विजय उत्सव मनाउने भीडमा भागदौंड हुँदा मर्नेको संख्या ११ पुग्यो

युक्रेनी आक्रमणपछि रूसद्वारा जापोरिजियामा बिजुली कटौती

गाजाको सहायता केन्द्र नजिकै भएको इजरायली आक्रमणमा १५ जनाको मृत्यु
ट्रम्प र सीले सम्भवत यस हप्ता कुरा गर्नुहुनेछ : ह्वाइट हाउस

सात जनाको मृत्यु भएको रेल विस्फोटमा युक्रेन संलग्न भएको रुसको दाबी
भूकम्पको त्रासबीच पाकिस्तानको जेलबाट २०० भन्दा बढी कैदी फरार

सुडानमा जारी युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित : संयुक्त राष्ट्रसंघ

प्रतिक्रिया