बाढीले बालचनपुर जंगलसहिया सडक अवरुद्ध

रौतहट- रौतहट जिल्लाको उतरिभेग बालचनपुर जंगलसहिया सडकखण्ड अवरुद्ध भएको छ भने जिल्लाको अन्य नदी खोलामा पानीको बहाव घट्दै गएको छ ।
गुजरा नगरपालिका १ स्थित लमहा खोलामा अविरल वर्षाका कारण पानीको सतह बढेपछि आज बिहानदेखि बालचनपुर जंगलसहिया सडकखण्ड अवरुद्ध भएको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका डिएसपी गेहेन्द्र भण्डारीले बताएका छन् ।
गुजाराको मेयर सन्तलाल चौधरीको सक्रियतामा लमहा खोलामा ठूलो ह्युमपाईप र ग्रेभल राखेर दिउँसो १ बजेदेखि सानो गाडीहरू सुचारु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।
तर, ठूला सवारीसाधन भने चलेको छैन । पहाडतर्फ लगातारको वर्षाले रौतहटस्थित बागमती नदी, लालबकैया नदी, चाँदी नदी लगायत ससाना खोलाहरूमा हिजोदेखि बढेको पानीको सतह आज क्रमशः घट्दै गएको प्रहरी प्रवक्ता गिरीले जानकारी दिएकी छन् ।

रोटरी क्लब अफ बानेश्वरद्वारा रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण …

गुल्मीमा आगलागीबाट युवतीको निधन

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_QxXI2Jc9Bh_rxtl755my3ecorsk0gjjjubbyrgl2ltqb5ykjil2jfiadewtfo3j4t6mmmlh.jpg)
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित त्रिभुवन ‘पार्क ’

प्रहरी र रोटरीद्वारा पाँचसय वृक्षारोपण, ५० हजार रोप्ने लक्ष्य

प्रतिक्रिया