बीवाईडी इलेक्ट्रिक गाडीको मूल्य समायोजन

काठमाडौंँ- बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा उपलब्ध बीवाईडीका विभिन्न मोडलका गाडीको मूल्य समायोजन गरेको छ ।
सरकारले केही समय पहिले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारी कर नीतिमा गरेको परिवर्तनका कारण सो मूल्य समायोजन गरिएको हो । सरकारले इलेक्ट्रिक गाडीमा हुने मोटर क्षमताको आधारमा भन्सार तथा अन्तःशुल्क वृद्धि गरेको छ । नयाँ नीति अनुसार अन्य इलेक्ट्रिक गाडी जस्तै बीवाईडीका विभिन्न मोडलको समेत मूल्यमा प्रभाव परेको हो ।
नयाँ मूल्य सूचीअनुसार बीवाईडी एट्टो ३ एड्भान्स्डको मूल्य ५६ लाख ९० हजार र एट्टो ३ सुपेरियरको मूल्य ६७ लाख ८० हजार रुपैयाँ पुगेको छ । यी गाडीको मूल्यमा क्रमशः ९१ हजार र १ लाख ९२ हजार रुपैयाँ मूल्य वृद्धि भएको छ ।
त्यसैगरी बीवाईडी डल्फिनको मूल्य ३९ लाख ८० हजार बाट ४१ लाख १५ हजार रुपैयाँ पुगेको छ । यसमा १ लाख ३५ हजार रुपैयाँ मूल्य वृद्धि भएको छ । बीवाईडी सिलका तीन भेरिएन्टको मूल्य क्रमशः १ करोड १० लाख, १ करोड ४५ लाख ५० हजार र १ करोड ९५ लाख पुगेको छ । यी तीन भेरिएन्टमा क्रमशः ५ लाख, ६ लाख ५० हजार र १० लाख रुपैयाँ मूल्य बढेको छ ।
साइमेक्स इंकले आगामी दिनमा समेत नेपाली ग्राहकलाई उच्च प्रविधियुक्त र वातावरणमैत्री इलेक्ट्रिक सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
बीवाईडी हाल न्यु इनर्जी भेइकल उत्पादन गर्ने विश्वकै अग्रणी सवारी साधन उत्पादक मानिन्छ । गुणस्तर, विश्वसनीय र अत्याधुनिक प्रविधिका लागि बीवाईडीका सवारी साधन परिचित छन् ।
बीवाईडी हाल चलिरहेको युरो २०२४ को प्रायोजक समेत हो । यसले विश्व स्तरमा दिगो मोबिलिटीका लागि कम्पनीको प्रतिबद्धता दर्शाउँछ । बीवाईडी सवारी साधनका बारेमा जानकारी लिनका लागि नजिकको बीवाईडी शोरुम भ्रमण गर्न र www.cimex.com.np मार्फत विभिन्न मोडलका गाडी तथा मूल्यबारेमा थप जानकारी लिन सकिन्छ ।
_YhaacIz452_m0ddh3yoapm6y2xh18otsf1vioj0jf7z24nznpi4duefcqnhufbnvzfy3mqa_zXZRBxYOA8_uiwh1agdmu9fbhqmo8xhsf4z2pwwftpjivuiwdgnjum4fwqa3oxwoc7axjso.jpg)
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ खुल्ला

शीर्ष फोटोग्राफीहरू बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने
_SV1nQtqBgg_kgfbqjmx8kfuowoqclaogyulessyaoswbg4jlewsgexg9sdlnkezxwg57tfw_MOzW6vft45_9cc2rpoonbmgh2kicxcas43m6fj0ns7opouunwwzxu5yc17xcahjmplj4pc3.png)
ट्रायम्फ नेपालले गर्यो बुटवलमा आधिकारिक सोरुमको शुभारम्भ
_ThhoiRRTRv_l6jqczw4qtxkvxzyhjdtvc8kucvr3dfj45pjcruvcnlkple6nemujagxynlg_Pz34KO30xw_e31wcqqxgkfbuso9geu5mhewnh32j2qxebgfahmzgoapah71mf5qk7jsk4kj.jpg)
के बीवाईडी ईभी किन्ने यो उपयुक्त समय हो ? देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको …

यामाहा जेन्युइन स्पेयर पार्टहरू अब दराजमा पनि उपलब्ध
_U0mZtDLcVW_bfmnatdlv7or8aih20ud1lkhhgstgkh6k0w8cvggbfdfccxv2yw58wrlvlk7_Q0ANh3rBKz_or0r5vedssl1txdc6blsc7llbiegwtygojefde1seh1evsmbbq6xwsqubxkt.jpg)
बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

प्रतिक्रिया