कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा गुरागाईं

मोरङ- कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्षमा महेन्द्रप्रसाद गुरागाईंलाई नियुक्त गरिएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा (२) बमोजिम गठित सिफारिस समितिको सिफारिसअनुसार आज तेह्रथुमका गुरागाईंलाई अध्यक्ष नियुक्त गरेका थिए ।
उनलाई आजै विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख खापुङ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, सभामुख अम्बरबहादुर विष्ट, प्रदेशका मन्त्रीहरू, सुरक्षा प्रमुख, प्रदेश लोकसेवा आयोगका सदस्य, विभिन्न मन्त्रालयका सचिवहरूलगायतको उपस्थिति रहेको थियो ।

तिम्ल्याहाले घरमै पाए नागरिकता

अवैध लागूऔषधसहित नौ जना पक्राउ

कोशी प्रदेशको पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा रोड सो

झापामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच

मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन्

प्रतिक्रिया