मुगुमा हतियार देखाइ लुटपाट गर्ने समूह पक्राउ (भिडियोसहित)
काठमाडौँ - मुगु जिल्लामा हतियार देखाइ लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
मुगुको मुगुम कार्मारोङ गाउँपालिका वडा नं. ०१ डोल्फु गाउँमा हातहतियार सहित प्रवेश गरी गोली चलाइ गाँउमा थुप्रै धनमाल लुटपाट गर्ने समूहका ३ जना अभियुक्तलाइ जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरि सार्वजनिक गरेको हो ।
सो समूहले डोल्फु गाँउमा स्थानीयहरूलाई कुटपिट गरी डर त्रासमा पारी सोही गाउँका २४ वटा घर र एउटा गुम्बा समेत तोडफोड गरी नगद पैसा, सुन, चाँदी, यार्सा, मुर्ति, मोबाइल, समेतका धनमालहरू लुटेका थिए । जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको टोलीले ८ जना अभियुक्त मध्ये ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुम्ला जिल्ला गुठीचौर गा.पा.३ बस्ने गणेश भण्डारी, पूर्ण प्रसाद भण्डारी र कमल थापा रहेका छन् ।
लुटेरा समूहबाट प्रहरीले एसएलआर, सो को म्यागजिन २ थान, २५ राउण्ड गोली, कटुवा पेस्तोल थान–१, कम्ब्याट रंगको रेनकोट ५ जोडी, सुनका मारवाडी र रिङ थान ४ वटा लगायत बरामद गरिएको छ ।
साथै घटनाको अनुसन्धान जारी रहेकोले फरार व्यक्तिहरूको पहिचान एवं खोज तलास कार्य तीव्रताका साथ भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी बीरेन्द्र थापाले जानकारी दिए ।
हेर्नुहोस् भिडियो

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

एलिना चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

पाल्पाका फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

प्रतिक्रिया