व्यवसायलाई चलायमान बनाउँदै अर्थतन्त्र सुदृढ हुने गरी मौद्रिक नीति ल्याउने तयारी छ : गभर्नर अधिकारी

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायलाई चलायमान बनाउँदै अर्थतन्त्र सुदृढ हुने गरी मौद्रिक नीति ल्याउने तयारी भइरहेको बताएका छन् ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अधिकारीले कोरोनाका कारण गिरेको व्यवसायीहरूको मनोबल अझै पनि पूर्णरूपमा उठ्न नसकेको भन्दै निजी क्षेत्रको मनोबल बढाउँदै अर्थतन्त्र सुदृढ हुने गरी मौद्रिक नीति ल्याउने तयारी भइरहेको बताएका हुन् ।
उनले निष्क्रिय कर्जा बढ्नुमा अहिलेको कारण नभई कोरोनाले पारेको असर भन्दै ब्याजदर घट्दा पनि कर्जाको माग बढ्न नसकेको जिकिर गरे । गभर्नर अधिकारीले ब्याजदर निर्धारण बजारलाई छाडेकाले राष्ट्र बैंकले हस्तक्षेप नगर्ने र सबैले त्यसलाई स्वीकार गर्नुपर्ने बताए ।
आर्थिक शिथिलतालाई समाधान गर्न सामूहिक जिम्मेवारी आवश्यक रहेको र अर्थतन्त्रमा रहेका संरचनात्मक समस्याहरू पनि समाधान गर्नुपर्ने उनको भनाइ छ ।
बैठकमा समिति सदस्य विनोद चौधरीले उत्पादनमूलक उद्योगहरू दुई वर्षदेखि ओरालो लागेको, निर्माणसम्बन्धी कामहरू घटेको र यसका कारण अर्थतन्त्रमा चुनौती देखिएको बताए । उनले सरकारले लिएको साढे १२ खर्ब राजस्वको लक्ष्य उठ्ने कुनै आधार नभएको उल्लेख गरे ।
यस्तै समिति सदस्य पूर्णबहादुर तामाङ्गले निर्माण व्यवसायीको भुक्तानी अर्थ मन्त्रालयबाट रोकिएको भन्दै त्यसलाई रोक्नुको कारण माग गरे । बैठकमा अर्थसचिव मधुकुमार मरासिनीले सचिवले निर्माण व्यवसायीको भुक्तानी रोक्न नसक्ने भन्दै यसमा मन्त्रीको निर्णय आवश्यक रहेको जिकिर गरे । उनले पुँजीगत खर्च अर्थ मन्त्रालयमा रोकियो भन्ने विषयमा सत्यता नरहेको धारणा राखे ।
उनले अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ अघि बढाउन र निजी क्षेत्रको मनोबल उठ्ने गरी मौद्रिक नीति आउने विश्वास व्यक्त गरे ।

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_Nbc0oFacYo_zcgozks9a9vnzijvmcyaxgt1ptaf1kohokusl8szds7u7oyeqcajgyxcf68s.png)
प्रतिक्रिया