यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ ।
हाल देशका धेरैजसो स्थानहरूमा साधारणतया बदली रही कोशी,मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागको एक दुइ स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ । देशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,बाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।साथै कोशी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

सप्तरीमा बेवारिसे अवस्थाको ३९६ केजी गाँजा बरामद

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी चलाउन बन्द

रसुवाका बाढीमा बेपत्ता प्रहरी जवानको कुशको शब बनाएर दाहसंस्कार

सफलताको कथा : जसले दु:खमा चुनौती खोजे, अभावमा सम्भावना

सफलताको कथा : जसले दु:खमा चुनौती खोजे, अभावमा सम्भावना

तातोपानी सडक नखुल्दा सरकारसँग आक्रोशित छन् व्यवसायी, नाका नखुले दसैँ-तिहार म…

पाँच किसिमका मान्छेले खानु हुन्न सजिवन

प्रतिक्रिया