बाढी-पहिरोको क्षति बारे संसदमा जानकारी दिन लेखकको माग

काठमाडौ| - नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार संसदप्रति उत्तरदायी नभएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै लेखकले सरकारका मन्त्रीहरू संसदमा आउन छोडेको र बाढी पहिरोबाट भएको क्षतिबारे अहिलेसम्म जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
लेखकले सरकार अल्पमतमा परेको र विश्वासको मत लिने तयारी गरेको छ, तर पनि पदमा रहुञ्जेल संसद र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउँदै बाढी पहिरोको क्षतिको संसदलाई जानकारी दिन आग्रह गरेका छन् ।
आजकै बैठकमा कांग्रेस सांसद एनपी साउदले कैलाली कन्चनपुरमा अहिलेसम्मकै बढी बर्षा भएको बताउँदै सरकारले तत्काल राहत र उद्धारको काम अगाडि बढाउन माग गरेका थिए ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया