प्रमुख दलहरूकै कारण मुलुकमा कुशासन, भ्रष्टाचार र आर्थिक समस्या देखियो : सांसद ढकाल

काठमाडौँ- रास्वपाका सांसद हरि ढकालले प्रमुख दलहरूकै कारण मुलुकमा कुशासन, भ्रष्टाचार र आर्थिक समस्या देखिएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै ढकालले मुलुकको परिवर्तनमा प्रमुख दलहरूको भूमिका महत्वपूर्ण रहे पनि तीन दशकमा प्रमुख दलहरूकै कारण मुलुक पटक-पटक समस्यामा परेको बताएका हुन् ।
उनले कांग्रेस–एमालेबीचको सहमति सार्वजनिक नभएको अवस्थामा उक्त सम्झौतामा अब बन्ने सरकार पनि तीन दशकको निरन्तरता भएको जिकिर गरे । सरकार बनेपछि फाइल खोल भनेर धेरैतिरबाट आवाज गुञ्जायमान हुँदै गर्दा बेचन झा पक्राउ पर्ने बित्तिकै सरकार परिवर्तन हुनुको कारण नागरिकले राम्रैसँग बुझेको उनको भनाइ छ ।
ढकालले सरकार परिवर्तन हुँदा पनि राजनीतिक संस्कार र इमान्दारी कार्यकालभरि कायम राख्ने भन्दै तीन दशकमा मुलुकलाई अप्ठेरोमा पार्नेहरूले राजनीतिक संस्कार नसिकाउन सुझाव दिए ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया