जलस्रोत विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

काठमाडौँ- जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि विषयगत समितिमा पठाइएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले उक्त प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गरेको हो ।
बैठकमा मन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट थारू आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पनि पेस गरे । प्रतिनिधिसभाको अर्को बैठक असार २७ गते दिउँसो ४ चार बजे बोलाइएको छ ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया