श्रीलंका डेभलपमेन्ट टिमसँग नेपाली महिला टिम पराजित

काठमाडौँ- श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टिम पहिलो खेलमा पराजित भएको छ । मंगलबार श्रीलंका डेभलपमेन्ट टिमसँग सम्पन्न पहिलो खेलमा नेपाली टिम ३३ रनले पराजित भएको हो ।
श्रीलंकाको टिमले दिएको ११९ रनको लक्ष्य पछाएको नेपालले १५ ओभरमा ९ विकेट गुमाउँदै ६३ रन बनाएको थियो । नेपाललाई १५ ओभरमा ९६ रनको रिभाइज लक्ष्य दिइएको थियो ।
यसअघि पहिला ब्याटिंग गरेको श्रीलंकाको डेभलपमेन्ट टिमले २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाएको थियो ।
यो जितपछि ३ खेलको सिरिजमा श्रीलंका डेभलपमेन्ट टिमले १-० को अग्रता लिएको छ ।
महिला एशिया कप खेल्न श्रीलंका पुगेको नेपाली टिमले अव दोस्रो टी-२० खेल बुधबार खेल्ने छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया