गौतम गम्भीर बने भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक

काठमाडौँ- पूर्व क्रिकेटर गौतम गम्भीर भारतीय राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले गम्भीर भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएका छन् ।
भारतले २०११ को विश्वकप जित्दा टिमका महत्वपूर्ण खेलाडी रहेका गम्भीर हाल आइपिल टिम कोलकोता नाइट राइडर्सका मुख्य प्रशिक्षक रहेका थिए । उनको नेतृत्वमा कोलकोताले यस सिजनको आइपिएल जितेको थियो ।
उनले अब भारतीय टिमका प्रशिक्षक राहुल द्रविडको स्थान लिने छन् । हालै सम्पन्न टी-२० विश्वकपपछि द्रविडको प्रशिक्षकको कार्यकाल सकिएको थियो ।
भारतीय क्रिकेटका ओपनर रहेका गौतमले भारतका लागि ५८ टेस्ट, १४७ एकदिवसीय र ३७ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यस क्रममा उनले टेस्ट क्रिकेटमा ९ शतक र २२ अर्धशतकसहित ४१५४ रन, एकदिवसीय क्रिकेटमा ११ शतक र ३४ अर्धशतकसहित ५२३८ रन र टी-२० मा ७ अर्धशतकसहित ९३२ रन बनाएका छन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया