काठमाडौँ महानगरद्वारा सिन्धुपाल्चोकका बाढीग्रस्त तीन पालिकालाई तीन करोड सहयोग

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सिन्धुपाल्चोकको बाढीग्रस्त मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई राहत तथा उद्दारका लागि तीन करोड रुपैयाँ सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
सोमबार महानगर प्रमुख शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् । शाक्यले महानगरपालिकाको तर्फबाट महानगरसँग भगिनी सम्बन्ध स्थापित मेलम्ची नगरपालिकालाई दुई करोड र दुई पालिकालाई ५०/५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा यसअघि नै गरेका थिए ।
सहयोग रकम हस्तान्तरणसँगै शाक्यसहितको टोलीले सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट क्षतिग्रस्त स्थलको अवलोकनसमेत गरेको छ ।निरीक्षणपछि बोल्दै बाढीग्रस्त सिन्धुबासीका लागि थोरै भए पनि उक्त रकमले सहयोग पुग्ने अपेक्षा लिएको शाक्यले बताए।
'मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपालसँग काठमाडौं महानगरपालिकाको सम्बन्ध जोडिएको छ,' उनले भने, 'यहाँको नदीको पानीबाट काठमाडौंबासी प्यास मेटाउन आतुर छन् । त्यसैले पनि यहाँका पालिकासँग हाम्रो अतुलनीय सम्बन्ध छ । यो सहयोग रकम ठूलो होइन । तर, यहाँका बासिन्दाको पीडामा थोरै भए पनि यसले मल्हमको काम गर्छ भन्ने हामीले अपेक्षा गरेका छौं।'
मेलम्ची क्षेत्रको क्षतिको तुलनामा महानगरपालिकाले गरेको सहयोग निकै सानो रहेको शाक्यले बताए । 'मेलम्चीसँग हाम्रो भगिनी सम्बन्ध छ। सम्बन्ध स्थापित भएको पालिकाका बासिन्दालाई परेको दुःखमा साथ दिनु हाम्रो कर्तव्य हो,' शाक्यले भने ।

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

प्रतिक्रिया