अव्यवस्थित सडक विभाग: कार्यालयभित्रै भेटियो चुरोटका ठुटा (फोटो फिचर)

काठमाडौं - बबरमहल राणाकालीन दरबार हो । युरोपेली शैलीमा चन्द्रशमशेरले यो भवन आफ्ना छोरा बबर शमशेरका लागि निर्माण गरेका थिए । राणाहरूको शासन अन्त्यसँगै यो दरबार नेपाल सरकारको स्वामित्वमा आएको हो । राणाहरूले शोखका रुपमा बेलायती शैलीमा निर्माण गरेको यो भवनमा सडक विभाग बस्छ । जसले देशभरका सडकहरूको निर्माण, मर्मत सम्भार र रेखदेख गर्दै आएको छ । तर सडक विभागका कर्मचारीहरूले यो भवनलाई नै जीर्ण अवस्थामा पुर्याएका छन् ।
१९९० र २०७२ को भूकम्पमा क्षति भएको यो दरबार दुवै पटक पुर्ननिर्माण गरिएको हो । यसको निर्माण शैली र ऐतिहासिक महत्वका कारण सरकारले पुर्ननिर्माण गरेको जानकारहरु बताउँछन् । २०७२ को भूकम्पपछि भौतिक रुपमा नाजुक अवस्थामा रहेको यो दरबार पुर्ननिर्माण पछि २०८० भदौमा सडक विभाग पुन: सर्यो । निर्माण अवधि नै पुरा नभइ हतार हतार सरेको विभागले यो दरबारलाई कुरूप अवस्थामा पुर्याएको छ ।
सडकलाई चिटिक्क पार्ने जिम्मा पाएको र धेरै प्राविधिकहरू रहने यो विभागको अवस्था अहिले दयनीय छ । सामानहरू जताततै अस्तव्यस्त अवस्थामा छन् । विभाग सरेको एक वर्षसम्म ती सामानले आफ्नो सही ठाउँ पाउन सकेका छैनन् । विभागको शौचालय छिर्नै नसक्ने अवस्थामा दुर्गन्धित छ ।
पानी पास हुने ठाउँहरू चुरोटको ठुटा, पानीको बोतल, प्लाष्टिक र फोहोरले जेलिएको अवस्थामा छ । विभाग भित्रै चुरोटका ठुटा असरल्ल भेटिन्छन् । अफिसभित्रै चुरोटका बट्टाहरू फालिएका छन् ।
सरकारी कागजपत्रहरू जताततै छरिएका छन् । लाग्छ त्यहाँ वर्षौदेखि मान्छे बस्दैन र कागजपत्र हावाले यताउति पुर्याएको छ । महालेखा, हुलाक र निर्वाचन कार्यालय त्यहाँ बस्छ भनेर महालेखा परीक्षक कार्यालयको बोर्ड फालेर हतार हतार सरेको विभागको अधिकांश कोठाहरू खाली छन् । ताला लगाएर राखिएको छ ।
कार्यालयभित्र प्यासेज, बाटो, भित्ता तथा भुइँहरु धुलोले ढाकिएका छन् । जता छाम्दा पनि धुलो मात्रै टाँसिन्छ । लाग्छ त्यहाँ महिनौदेखि कुचो लगाइएको छैन । प्यासेजमा हिँड्दा गन्हाउँछ ।
२०८१ वैशाखमा पुर्ननिर्माण सकिएर हस्तान्तरण गरिएको विभागका झ्याल ढोकाहरू ६ महिना पनि नपुग्दै भत्किएका छन् । प्लाईलाई ढोकाको रुपमा प्रयोग गरिएको छ ।
राम्रा टेबलहरू प्यासेजमा अलपत्र छन् । कोठाहरू खाली खाली लक भएपनि किचनमा कुर्सीहरुको चाङ छ । बाहिर गार्डेन बनाइएको छ तर त्यहाँ बिरुवा हैन झारहरू मात्रै छन् ।
अफिसको पानी तर्किएर जाने ठाउँ फोहोरले भरिएको छ । पानी पर्दा अफिस भित्रै पानी पुग्छ । सूचना पार्टीमा राष्ट्रिय गान छ तर त्यो राष्ट्रिय गानकै बेइज्जत हुने गरि राखिएको छ । राष्ट्रिय गानकै अपमान भएको छ । अरु धेरै विकृति, विसंगतिले अवाक्क छ विभाग ।
हेरौँ तस्बिरमा

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_nUYqVoKeH8_9vrv21x4nhgpsy3lcnqzfxklpinsns1guxhogbfqzuvpm3nwywcsjlk5stkz.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_p6kxGvxiz5_ia2fgdbysp7i0kvvsr1ha341lr8ibygu8tsti6oj54arr7xtkvdcxnluhpwn.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया