टिकटकद्वारा अमेरिकी प्रयोगकर्ताहरुका लागि गोपनीयता नीति परिवर्तन

बेइजिङ : चिनियाँ भिडियो एप टिकटकले यसका प्रयोगकर्ताको ‘फेसप्रिन्ट, भ्वाइसप्रिन्ट र वायोमेट्रिक’ विवरणहरू सङ्कलन गर्न मिल्नेगरी यस महिनाको सुरूदेखि अमेरिकी प्रयोगकर्ताहरूको लागि गोपनीयता नीति परिवर्तन गरेको छ ।
जुन २ मा अद्यावधिक गरिएको यो नीतिबारे टेकक्रन्च नामक प्राविधिक साइटले भनेको छ, ‘हामीले स्वचालित रूपमा यी तथ्याङ्क सङ््कलन गर्ने जानकारी’ खण्ड अन्तर्गत कम्पनीले प्रयोगकर्ताहरूलाई सीधै सूचित नगरी उनीहरूको तथ्याङ्क संकलन गर्न दिइरहेको ‘द नेशनल इन्ट्रेस्ट’ रिपोर्ट गरेको छ ।
'हामी फेसप्रिन्ट र भ्वाइसप्रिन्टजस्ता सामग्रीबाट ‘बायोमेट्रिक’ पहिचान र ‘बायोमेट्रिक’ सूचनालाई अमेरिकी कानून अन्तर्गत परिभाषित गरिएको छ । हामी कुनै पनि त्यस्तो संग्रहको अघि तपाईंबाट कुनै आवश्यक अनुमतिहरू खोजी गर्नेछौं,' कम्पनीको नयाँ नीतिमा भनिएको छ ।
नेशनल इन्ट्रेस्टका अनुसार टिकटकले यस बिषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन टिप्पणीको लागि अनुरोध गरेन । अमेरिकीहरूलाई पहिलो स्थानमा राखी फेसप्रिन्ट र बायोमेट्रिक तथ्याङ्कको आवश्यकता छ भनेर टिकटकले जानकारी गराएको छैन ।
'पारदर्शिताप्रति हाम्रो चलिरहेको प्रतिबद्धताको अंशको रूपमा हामीले संकलन गर्न सक्ने जानकारीमा थप स्पष्टता प्रदान गर्न हाम्रो गोपनीयता नीति अद्यावधिक गरेका छौं' टिकटकका प्रवक्ताले जानकारी गराए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यस महिनाको सुरुमा ट्रम्प प्रशासनको कार्यकारी आदेश खारेज गरेका थिए जसमा टिकटिक र बिच्याटमाथि प्रतिबन्ध गर्ने प्राबधान पनि परेको थियो । ट्रम्प प्रशासनले विरोधीहरूसँग सम्बन्धित विदेशी नियन्त्रणमा रहेका यस्ता एप प्रयोगको नयाँ सुरक्षा समीक्षाका लागि आदेश दिएको थियो । (एएनआई)

पोप फ्रान्सिसको ८८ बर्षको उमेरमा निधन

इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

प्रतिक्रिया