बढीपहिरोले देशका विभिन्न भागमा क्षति, राजमार्ग अवरुद्ध

काठमाडौँ- निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बढीपहिरोले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन् । लमजुङ, दाङ, चितवन, बाग्लुङ, पर्वत, उदयपुरका विभिन्न सडक अवरुद्ध भएका छन् ।
पहिरो खसेर नारायणगढ-मुग्लिन सडक अवरुद्ध
पहिरो खसेर नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका-२९ स्थित झोलुङ्गु पुल र सिमलतालमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ ।
पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-३ मौवाखोला नजिक खसेको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार वर्षा नरोकिएकाले ठाउँठाउँमा पहिरो खसिरहेको छ । सडक दुईतर्फी खुलाउन अझै केही समय लाग्ने छ । यसैबीच, स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक यो सडकबाट यात्रा अनुरोध गरेको छ ।
मालढुङ्गा-बेनी सडक अवरुद्ध
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वतको मालढुङ्गा-बेनी सडक अवरुद्ध भएको छ । गएरातिको भारी वर्षाका कारण तीन ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध बनेको हो । मालढुङ्गादेखि बेनी सम्मको १३ किलोमिटर लामो बाटोको कुश्मा नगरपालिका- १ मालढुङ्गा नजिकै भिरबाट ढिस्कोसहितको पहरो खसको छ । त्यसैगरी जलजला गाउँपलिका-८ स्थित फनफनेमा पनि सडक अवरुद्ध भएको हो ।
पर्वतमा पहिरोले छ घर पुरिए
पर्वतको मोदी गाउँपालिकामा छ वटा घर पुरिएका छन् । मोदी गाउँपालिका- २ देउपुरको जरुवाका ६ घर पुरिएका छन् भने जोखिममा रहेका अन्य ९ परिवार गरी १५ परिवार पूर्ण विस्थापित भएका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बुधबार दिउँसोदेखि नै पहिरो खसेको हो । कुश्मा नगरपालिका- ११ पकुवाको छापामा पनि एउटा घर पुरिएको प्रहरीले जनाएको छ ।
गाईघाट- दिक्तेल सडक अवरुद्ध
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका- १४ को रातमाटे डाँडामा पहिरो खस्दा गाईघाट दिक्तेल सडक अवरुद्ध भएको छ । बुधबार अपराह्नदेखि उक्त सडक अवरुद्ध भएको हो । एम्बुलेन्सलागयत अत्यावश्यक सवारीका साधन सञ्चालन गराउने प्रयास जारी छ । जिल्ला प्रशासन कार्यालय,त्रियुगा नगरपालिका र गाईघाट -दिक्तेल सडक कार्यालयले एकीकृत प्रयास गरिरहेका छन्
मध्यपहाडी राजमार्ग बन्द
पहिरोका कारण मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङको काठेखोला गाउँपालिका-६ बयलडाँडास्थित सडकमा पहिरो खस्दा मध्यपहाडी पुष्पलाल राजमार्ग बन्द भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।
बेँसीसहर-चामे सडक पनि खुलेन
लमजुङ र मनाङ जोड्ने बेँसीसहर-चामे सडक दश दिनदेखि बन्द छ । बाढीले मनाङको चामे गाउँपालिका-१ तिमाङखोलाको पक्की पुल बगाएपछि उक्त सडकमा सवारीसाधन सञ्चालन भएका छैनन् ।
विसंं २०७८ असार महिनामा आएको बाढीले बेलिब्रिज बगाएपछि तिमाङखोलामा काठेपुल राखेर सवारी सञ्चालन हुँदै आएको थियो । दुई वर्षअघि त्यहाँ मोटरेबल पक्की पुल निर्माण गरिएको थियो ।
पथान्तरणमा क्षति
बाढीका कारण घोराही-तुलसीपुर र घोराही सडक पनि अवरुद्ध भएको छ । पुल निर्माण जारी रहेको घोराही-तुलसीपुर खण्डमा गरिएको पथान्तरण बाढीमा बगेपछि उक्त सडक बन्द भएको हो । रासस

रोटरी क्लब अफ बानेश्वरद्वारा रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण …

गुल्मीमा आगलागीबाट युवतीको निधन

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_QxXI2Jc9Bh_rxtl755my3ecorsk0gjjjubbyrgl2ltqb5ykjil2jfiadewtfo3j4t6mmmlh.jpg)
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित त्रिभुवन ‘पार्क ’

प्रहरी र रोटरीद्वारा पाँचसय वृक्षारोपण, ५० हजार रोप्ने लक्ष्य

प्रतिक्रिया