श्रीलङ्कामा तीन दिनका लागि देशभित्र यातायात सेवा खुल्ला
कोलम्बो : श्रीलङ्कामा देशभरी लगाइएको यात्रा प्रतिवन्धको व्यवस्था तीन दिनका लागि हटाइएको छ ।
सरकारी अधिकारीहरुले अस्थायी रुपमा यात्रा प्रतिवन्धको व्यवस्था हटाइएको सोमबार जानकारी दिएका हुन ।
देशव्यापी यात्रा प्रतिवन्ध फुकुवा भएसँगै श्रीलङ्का भित्र यात्रा गर्न खुल्ला भएको छ । श्रीलङ्कामा गत मेदेखि देशभित्र यात्रा गर्न प्रतिवन्ध लगाइएको थियो ।
कोरोनाभाइरस महामारी नियन्त्रण तथा व्यवस्थापन केन्द्रका प्रमुख तथा देशका प्रधानसेनापति शभेन्द्र सिल्भाले सिन्ह्वालाई दिएको जानकारी अनुसार सोमबारदेखि लागुहुने गरी तीन दिनका लागि यात्रा गर्न पाइने भएको हो ।
आफ्नो घरमा जान नपाएका वा अति महत्वपूर्ण कामका लागि आवत जावत गर्नुपर्ने बाध्यतामा रहेकाहरुलाई ध्यान दिएर तीन दिनका लागि खुल्ला गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
अत्यावश्यक कामका लागि हिड्नु पर्दा एउटा परिवारको दुई जना मात्रै हिड्न पाइने व्यवस्था गरिएको पनि प्रधानसेनापति सिल्भाले जानकारी दिनुभयो ।
त्यसैगरी सरकार नियन्त्रीत कार्यालय तथा कम्पनीहरुलाई पनि सिमित व्यक्तिलाई मात्रै हिड्न पाइने व्यवस्था गरिएको उहाँको भनाइ छ ।
श्रीलङ्कामा कोरोनाभाइरसबाट सङ्क्रमित भएका र मृत्यु भएकाहरुको सङ्ख्या अझै पनि बढी रहेकाले पुरै खुल्ला गर्ने अवस्था नरहेको सरोकारवालाहरुको निश्कर्ष छ ।
अहिले हटाइएको यात्रा प्रतिवन्धात्मक व्यवस्था आगामी बुधबार रातीदेखि भने फेरि लागु हुने सरकारले निर्णय गरेको छ ।
श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार सुपरमार्केटहरुमा बढीमा २५ जना मात्रै जान पाउने र साना पसलहरुमा बढीमा ३ जना मात्रै जान पाउने व्यवस्था गरिएको छ । (सिन्ह्वा)

पोप फ्रान्सिसको ८८ बर्षको उमेरमा निधन

इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

प्रतिक्रिया