त्रिशूली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी (तस्बिरहरू)

काठमाडौं - पहिरोले त्रिशूली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी रहेको छ ।
प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुबाहक बस त्रिशूली नदीमा खसेका थिए । त्रिशूलीमा खसेका बसमा वीरगन्जबाट काठमाडौं आउँदै गरेको विङर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ ।
वीरगन्जबाट आएको बसमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु गरी ६५ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
अहिले उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ३५ जना र विपद व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोरसहित २० जना परिचालन भएका छन् । अहिले यात्रुको अवस्था अज्ञात रहेको र त्रिशुली नदीमा बसको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
र, यो पनि
पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा बेपत्ता

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया